काठमाडौं– वर्तमान सरकार देशलाई विकास निर्माणमा अग्रसर गराउने नीतिअनुरुप अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
सुनसरीको हरिनगर गाउँपालिका–२ नरकटियामा आइतबार सडकको शिलान्यास गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने नीति लिएको र सोहीअनुसार कार्य गरिरहेको उल्लेख गरे। जनचहनाअनुसार नै तीन तहको सरकारले देशमा भएको बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यो दायित्व पूरा गर्न नसक्ने व्यक्तिले नेतृत्व गर्न नसक्ने दाबी गरे।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका बेलामा देशमा कोरोना खोपको अभाव भएकामा अहिले त्यो समस्या समाधान भएर गएको र पर्याप्त मात्रामा खोप आपूर्ति भएको मन्त्री कार्कीको भनाइ थियो। वर्तमान सरकारले देशलाई छिटोभन्दा छिटो समृद्धिको बाटोमा अगाडि बढाउन काम गरिरहेको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।