बारा– मन्दिर परिसरमा कटुवा पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वडानम्बर ४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवान छन्। देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
चैनपुरमा रहेको लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा हतियारसहित हिँडिरहेको अवस्थामा देवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।