काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा मालेका महासचिव सीपी मैनालीको भाषण पनि आफूलाई राम्रो लागेको बताएका छन्। 
माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा मैनाली विचार आफूलाई तितो नलागेको प्रचण्डले सुनाए। 
'सीपीजीले आफ्नो विचार खुला ढंगले नै राख्नुहुन्छ, कहिलेकाहीँ तितो पनि लाग्छ। उहाँले आज राखेको विचार पनि तितो लागेन,' प्रचण्डले भने, 'उहाँले भाषण गरिसकेपछि उहाँले तयार गरेको एउटा नोट रहेछ, त्यो नोट मागे मैले। उहाँले त्यसलाई सारेपछि दिन्छु भन्नुभएको छ।'
माओवादीको महाधिवेशनलाई सम्बोधन गर्दै मैनालीले माओवादी केन्द्रलाई नवजीवनको शुभकामना दिएका थिए। 
हिजोआज जनताले व्यवस्था बदलिए पनि अवस्था बदल्न नसकेको गुनासो गर्ने गरेको मैनालीको भनाइ थियो। आफूले त्यसलाई परिवर्तनका बाहकसँगको असन्तुष्टिका रुपमा बुझेको बताए। 
मैनालीले भनेका थिए, ‘मलाई लाग्छ इतिहासले विगतका आन्दोलनलाई, जनताको आामूल परिवर्तनको आकांक्षालाई प्रयोगशालामा दर्ज गरिदिने  त होइन?’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।