काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने बताएका छन्। 
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 
‘शान्ति प्रक्रियाका काम बाँकी छन्। यसलाई पूरा गराएर समाधान गरेर सदाका लागि स्थायी शान्ति निर्माण गर्नेतर्फ हामी जाने छौं,’ देउवाले भने। 
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बाँकी काम छिट्टै पूरा गर्ने पनि प्रधानमन्त्री देउवाको भनाइ छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।