काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीकै बलले आफूहरु संविधान सभामा जान तयार भएको बताएका छन्। 
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले माओवादीकै बलले आफूहरु संविधान सभामा जान तयार भएको बताए। 
 
‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। शान्ति प्रक्रियामा आउदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो,’ देउवाले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं। यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो।’
अहिले निर्माण भएको संविधान महत्वपूर्ण रहेको भन्दै देउवाले यसमा  प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए।
 
प्रधानमन्त्री देउवाले शान्ति पक्रियाका बाँकी काम पूरा गर्न लागिपर्ने पनि बताए।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।