काठमाडौं– नेपाली टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो जित निकालेको छ।
बंगलादेशको राजधानी ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार सम्पन्न खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो।
नेपालले माल्दिभ्समाथि २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकालेको हो।
जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ। नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ। माल्दिभ्स अंकविहीन रहेको छ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।