काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २–२ पटक गरेको संसद् विघटनको बचाउ गरेका छन्।
आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपमा पाएको मत खण्डित भएकाले जनतामा जाने निर्णय गरिएको दाबी गरे।
अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा गएको र त्यसवाट प्राप्त जनमत जोगाउन नसकेकोमा आफूलाई पनि पछुतो लागेको पोखरेलको भनाइ थियो।
उनले यही जनमतको कदर हुन नसकेकाले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका लागि निर्वाचन घोषणा गरिएको दाबी गरे।
‘एउटै म्यान्डेडका आधारमा नेकपा बनेको थियो। नेकपाको रुमपा प्राप्त भएको म्यान्डेड खण्डित भएकाले जनतामा जानु परेको थियो। जनताम जाने कुरा कहीँ पनि प्रतिगमन हुँदैन। तर, यहाँ यसलाई प्रतिगमन भनेर आरोपित गरियो,’ पोखरेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।