काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी उद्घाटन सत्रमा सहभागी हुन विभिन्न पार्टीका नेताहरु पुगिरहेका छन्। दिउँसो सबा ३ बजेदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सत्र सुरु भएको हो।
नेकपा एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी भएका छन्। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सहभागिताको लागि अनुरोध गरेको भए पनि उनले पोखरेललाई पठाएका हुन्।
त्यस्तै, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन्। त्यसका अतिरिक्त एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी भएका हुन्।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।