काठमाडौं- ओपनर चामिन्दु विक्रमसिंघे र सदिशा राजपक्षेको शतकको सहयोगमा श्रीलंकाले एसीसी यू-१९ एसिया कपमा नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ।
शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनायो।
श्रीलंकाका लागि राजपक्षेले ११९ बलमा ११ चौका र २ छक्कासहित १३१ रन बनाए।
यता, ओपनर चामिन्दु विक्रमसिंघेले १२६ बलमा ८ चौका र २ सहित १११ रनको शतकीय इनिङ्स खेले।
दोस्रो विकेटका लागि चामिन्दु र सदिशाले १९७ बलमा २२३ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए।
कप्तान दुनिथ वेलालागेले अविजित ३४ रन जोड्दा शेभोन डानिलले १७ रन बनाए।
नेपालका मोहम्मद आदिल अन्सारीले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। कप्तान देव खनालले ९ ओभरमा १ मेडनसहित ५५ रन खर्चेर १ विकेट लिए। यस्तै, विवेक यादवले ७ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए।
गुलशन झाले ६ ओभरमा ३० रन खर्चे पनि विकेट लिन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।