काठमाडौं- साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।
आइतबार ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सम्पन्न खेलमा उज्वेकिस्तानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै जित नेपाली महिला टोली एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
अपराजित रहेको नेपालले उज्वेकिस्तानमाथि पहिलो सेटमा २५-२० को जित निकालेको थियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५-२३ को जित निकाल्दै खेलमा अग्रता बनायो।
तेस्रो सेटमा २५-१४ को आरमदायी जित निकाल्दै नेपालले फाइनमा स्थानमा बनायो।
नेपालले अब लिग चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्दै छ। पहिलो हार बेहोरेको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना जीवितै छ। उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दै छ। यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा नेपालसँग उपाधिका लागि भिड्नेछ।
अपराजित रहेको नेपालको ४ खेलबाट ११ अंक जोडेको छ। समान खेलबाट श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा छ भने उज्वेकिस्तानको ९ र कीर्गिस्तानको ६ अंक छ। बंगलादेश र माल्दिभ्सले खाता खोल्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।