काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज आइतबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन्।
नेपालको महिला टोलीले आज उज्वेकिस्तानसँग खेल्दै छ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।नेपालको महिला टोली लगातार चौथो जितको खोजीमा रहेको छ। पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ सेटमा हराएको थियो। दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको नेपालले तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा नै हराएको थियो।
यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ। नेपाली पुरुष टोली आज दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा बंगलादेशसँग ३–० को सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो। त्यसैगरी, नेपाल तेस्रो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ४ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।