काठमाडौं– कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ। शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो।
फाइनल खेलको निर्धारित समय दुई/दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो।
निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरे। माछापुच्छ्रेका तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरेका थिए। टाइब्रेकरमा सिद्धार्थ २–१ ले विजयी बन्यो।
उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर प्राप्त गर्यो। प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए। सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए। विधागत तर्फका तीनै जना खेलाडीले ट्रफीसहित गिफ्टह्याम्पटर प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।