काठमाडौं- दशैंको बेला सुनसान बनेको काठमाडौंको चहलपहल निकै बढेको छ। कार्यालय तथा व्यापार व्यवसाय सञ्चालनमा आएपछि दशैं मनाउन घर गएकाहरु राजधानी फर्किने क्रम जारी छ।
यो दशैंमा २० लाख जनाभन्दा बढी उपत्यका छोडेर आफ्नो घर गएका थिए। घर जाँदा टिकट नपाएर हैरान बेहोरेका उनीहरुले फर्कंदा पनि उस्तै सास्ती पाएका छन्। सिट नपाएपछि मालबाहक सवारीमा चढेर भए पनि फर्किनुपरेको उनीहरुले सुनाए।
यतिबेला कलंकी, कोटेश्वर जस्ता मुख्य नाकामा सवारीको चाप बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।