काठमाडौं- प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ उपाधि नजिक पुगेको हो।
सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६.५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३१ रन जोडिन्। यस्तै काजल श्रेष्ठले २८ रन बनाउँदा अप्सरी बेगम ९ रनमा अविजित रहिन्।
सुदूरपश्चिमकी कविता जोशीले १ विकेट लिइन्।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन जोडेको थियो।
सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ र ऋतु कनौजियाले २५ रन बनाउँदा डोली भट्ट १२ रनमा आउट भइन्।
प्रदेश १ का संगीता राई, ज्योति दनुवार,अलिशा खडिया र रुबिना क्षेत्रीले १/१ विकेट लिइन्।
अब प्रदेश १ ले उपाधिका लागि एपीएफ र लुम्बिनी प्रदेशबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।