काठमाडौं- एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि जित हात पारेको छ।
शनिबार बिहान सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो स्टमा पराजित गरेको हो।
नेपालले बंगलादेशविरुद्ध २५-५, २५-१५, २५-१७ को सहज जित निकालेको हो । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो भने मालदिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो।
नेपालले अब आइतबार उज्वेकिस्तान र सोमबार अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ। ६ टोलीसम्मिलित प्रतियोगिता राउन्ड रोबिन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।