काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको प्रस्ताव लगायत आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा स्थायी समिति सदस्यहरुले दिएको सुझावको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने छ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा १ बजे बस्ने छ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीलाई बढाएर १५ सदस्य बनाउन प्रस्ताव गरेका थिए।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।