काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन्।
शनिबार दिउँसो १ बजे पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीच पौने पाँच बजे खेल हुँदै छ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ। मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
साविक विजेता मछिन्द्र पनि मनाङलाई पराजित गरेर शीर्ष स्थानमा उक्लने दाउमा छ। मछिन्द्र ५ खेलमा ११ अंकसहित दोस्रो स्थानमा छ।
उता हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ भने च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
१४ टोलीबीच जारी लिगमा पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।