काठमाडौं– कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ। शुक्रबार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुङ्गो लागेको हो।
प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो। समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रिक्वार्टर फाइनल प्रवेश गरे।
समूह बीबाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने। समूह सीबाट नेपाल इन्भेसमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता बने।
समूह डीबाट ज्योती विकास बैंक विजेता र रिलायन्स फाइनान्स उपविजेता बने। समूह इबाट मेगा बैंक विजेता र प्रिमियर इन्स्योरेन्स उपविजेता तथा समूह एफबाट सिद्धार्थ बैंक विजेता र कामना सेवा विकास बैंक निलो उपविजेता बने।
उत्कृष्ट तेस्रो स्थानमा रहदै सिटिजन बैंक इन्टरनेश्नल, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंक हरियोले समेत नकआउट चरणमा स्थान बनाए।
समूह चरणमा अन्तिम टिमको टुङ्गो टसबाट गरिएको थियो। आयोजकको हरियो टिम र साइन रेसुङ्गा बैंकको टिमबीच अंक (समान ३ अंक), गोल अन्तर (समान –२ अंक) र कार्ड समेतमा बराबर भएपछि टसका आधारमा अन्तिम टिमको टुङ्गो लगाइएको थियो।
प्रतियोगिताको नकआउट चरणका खेल शनिबार सम्पन्न हुनेछन्। पहिलो प्रि–क्वार्टरफाईनलमा कुमारी बैंक र हिमालयन शेर्पा तथा एनआईबीएल र सांग्रिला बैंकबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्ससँग, मेगा बैंकले कामना सेवाको निलो टिमसँग, सिटिजन बैंकले माछापुच्छ्रे बैंकसँग, ज्योती विकासले मुक्तिनाथसँग, सिद्धार्थले प्रिमियर इन्स्योरेन्ससँग र गरिमा विकास बैंकले कामना सेवाको हरियो टिमसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।