• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

झ्याल–झ्यालमा मन्त्रालय : शर्मनाक समाजवाद!

64x64
मिलन बगाले शुक्रबार, पुस ९, २०७८  २१:५४
1140x725

हेटौडा उपमहानगरपालिका, चौकीटोलमा रहेको श्रम कार्यालयको छ तले भवनले यतिबेला धेरैको ध्यान तानेको छ। सेतो रङको त्यो भवनको एउटा मोहडामा छ वटा बरण्डा देखिन्छन्। तीमध्ये पाँचवटा बरण्डामा मन्त्रालयको बोर्ड टाँसिएको छ भने एउटा खाली छ।

एउटै घरका बरण्डामा लस्करै श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक विकास पूर्वाधार मन्त्रालय तथा खानेपानी, उर्जा र सिंचाई मन्त्रालयका बोर्ड छन्। बाहिरको बरण्डाबाटै बुझिन्छ, भित्र कति अस्तव्यस्त छ। कोठा तथा फर्निचर व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सवारी साधन व्यवस्थापन, सुरक्षा, निजी सचिवालय कतिथोक जोहो गर्नुपर्छ एउटा मन्त्रालय परिपूर्ण बनाउन। मन्त्रालय फोरेपछि देशको खर्च असाध्यै बढ्छ। एउटै घरभित्र मन्त्री नै मन्त्रीको लस्कर भएपछि कर्मचारीले कसरी काम गर्ने? मन्त्री नै शाखा अधिकृतझैं ढोकाढोकामा नेमप्लेट टाँसेर बसेका होलान्।

मन्त्रालय बन्न नपाएर खाली बसेको एउटा बरण्डा उदासजस्तो देखिन्छ। बरण्डाको दुःख बुझेरै होला मुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले आज पनि मन्त्रालय थपिदिएका छन्। चौँथो पटक विस्तार भएको बाग्मती प्रदेश मन्त्रीमण्डलमा १४ मन्त्री र चार राज्यमन्त्री पुगेका छन्। अब त्यो बरण्डा पनि मन्त्रालय बन्न कसो नपाउला? त्यो बरण्डाले एक थान मन्त्री कसो नपाउला? समाजवादी मन्त्री नै चाहिन्छ भन्ने छैन। बरण्डालाई जस्तो मन्त्री भए पनि भयो।

मिलन बगाले

श्रम कार्यालयको रित्तो एक थान बरण्डालाई मन्त्रालय बनाएर खुशी राख्न सक्नु समाजवादी मुख्यमन्त्रीको सफलता नै ठहरिएला। तर, सेतो घरको बरण्डा र मन्त्री बन्न पाउने पात्रलाई खुशी राखेर नै सच्चा समाजवादी भइन्छ? एउटै घरमा छवटा मन्त्रालय बनाउनु र झ्याल–झ्यालमा झेली मन्त्रालय थापेर बस्नु संघीयताको मर्मभित्र नै पर्छ? समाजवादी पार्टीलाई यस्तो कर्मले शर्म लाग्छ कि लाग्दैन? झ्याल–झ्यालमा झेली मन्त्रालय थाप्नु समाजवाद हो कि शर्मनाक हो? राजेन्द्र पाण्डे र माधव नेपालहरुलाई यी प्रश्नहरुले सजिलै छोड्ने छैनन्।

सत्ताको आडमा लाज पचाउन सजिलो हुन्छ। कालो सिसाले धेरै कुरा छोप्छ। सुरक्षाकर्मीको घेराभित्र आम नागरिकका यस्ता प्रश्न सजिलै पस्न सक्दैनन्। तर, सत्ताको आयु छोटो हुन्छ। सत्ता सकिँदैमा प्रश्न सकिँदैनन्। सत्तामा बस्नकै लागि संघीयतालाई विकृत बनाउने र राज्यस्रोतको दोहन गर्ने यस्ता कर्म छोपिँदैनन्। झण्डा हल्लाएर हिँडेकै भरमा चुनाव जितिन्छ भन्ने ठूलो भ्रम समाजवादी, माओवादी, कांग्रेस र सबै सत्तावादीलाई परेको छ।

Ncell 2
Ncell 2

मन्त्रालय तोडफोडको अनन्त श्रृंखलाको गतिछाडा स्वरूप बागमती प्रदेशको समाजवादी सरकारले देखाएको छ। मन्त्रालय फोड्न संघीय सरकार माहिर थियो नै, प्रदेश सरकारमा पनि यो रोग सलहझैं सल्केको छ। यो रोग संघीय प्रशासनिक पुनःसंरचना समितिले दिएको प्रतिवेदनको मर्म विपरीत छ। समितिले २०७४ सालमा दिएको प्रतिवेदनमा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग-पर्यटन-वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था-कृषि तथा सहकारी मन्त्रालय गरी जम्मा सात वटा मन्त्रालय बनाउन सिफारिस गरेको थियो। सुरुमा सबै प्रदेशमा यस्तै अभ्यास गरियो। कर्मचारीहरू पनि त्यसैअनुरूप हुने गरी खटाइए।  

एकढिक्का संघीय सरकार र बलियो प्रदेश सरकारको जग नेकपाको विवादसँगै हल्लिँदै गयो। सरकार गिराउने र टिकाउने खेलमा प्रदेश सरकारहरू एकपछि अर्को गरी नराम्ररी फस्दै गए। परिणाम हाम्रो सामु छ। हरेक दिन कुनै न कुनै प्रदेशमा मन्त्रालयको ‘तोडफोड’ भइरहको हुन्छ। हरेक दिनजसो कोही न कोही पात्र कतै न कतै मन्त्री बनिरहेको हुन्छ। सपथको नाममा ‘कुपथ’ खाइरहेको हुन्छ। देशलाई चाहिँदै नचाहिएको मन्त्रालयको मन्त्री बनेपछि केको सपथ खाइन्छ? हुँदै नभएको मन्त्रालयमा मन्त्री बन्न कोही पात्रले रहर गरेपछि आफ्नो सत्ता जोगाउन मुख्यमन्त्रीले झ्याम्म मन्त्रालय फोड्छन् र सपथको नाममा ‘कुपथ' को तयारी गर्छन्। कर्मचारीहरु गाडी र कोठा मिलाउन नसकेर असिनपसिन हुन्छन्। अनि एउटै घरका झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड थाप्न बाध्य हुन्छन्।

संघीयताको कुरुप अभ्यास चियाउने झ्याल बनेको छ हेटौडाको श्रम कार्यालय। खासमा त्यो कार्यालयमा संघीयताले चरम शरम मानिरहेको छ। त्यहाँ झन्डा हल्लाउन, गाडी कुदाउन र भित्तामा नाम टाँस्न खोलिएका बेकामे र बेरोजगार मन्त्रालय छन्। माधव नेपालले कस्तो समाजवाद भित्र्याएछन् यो देशमा? सत्ता जोगाउनकै लागि बाटोसमेत जाम हुने गरी मन्त्रीहरुको लाम लगाउँदा समाजवादी भईन्छ माधव कमरेड? तपाईंको लामो राजनीतिक जीवन र पार्टीभित्रको संघर्ष तथा विद्रोहको पटाक्षेप यही हो? दिनदिनै मन्त्रालय फोर्नुभन्दा मुख्यमन्त्री पद नै चाहिएन भन्न सके पो समाजवादी भइन्छ। पार्टी फोरेर नयाँ पार्टी खोल्नुको औचित्य यसरी पुष्टि हुने हो?

सत्ता जसरी पनि जोगाउनु छ भन्ने ‘समाजवादी अभियान’ले माधव नेपालको पार्टीलाई घिसारेर कहाँसम्म लैजाला? भाग नपुगेपछि र मन्त्री पदले मात्र सहयात्रीहरू नमानेपछि के–के मात्र बाड्ने? उपमुख्यमन्त्री पनि बनाउने? कतिजना बनाउने? प्रदेश मन्त्रालयहरूमा भएका शाखा अधिकृतभन्दा धेरै बनाउने कि अलि कम बनाउने? यस्तो पदलोलूपताले संघीयतालाई मात्र होइन, राजनीतिलाई नै दूषित बनाउँछ। भोलि प्रदेश सांसद थप्ने लहड पनि पलाउँछ। आफ्नो औचित्य नै पुष्टि गर्न नसकेको संघीय सरकार जनहितका कामतिर लाग्ने कि यसरी नै मन्त्रालय तोडफोडमा रमाइरहने?

संघीयता नेपालका राजनीतिक दलहरूका लागि विशुद्ध कार्यकर्ता व्यवस्थापन गर्ने निकाय मात्र बनेको आभाष हुन थालेको छ। एक कार्यकालमा अनन्त मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना बनेको छ। मन्त्री, सांसद र तिनका आसेपासेलाई मात्र मनपर्ने निकाय बन्न थालेको छ। नागरिकको चासो, चिन्ता र सरोकारभन्दा परको लुटिखाने टापुजस्तो बन्दैछ प्रदेश संरचना। प्रदेश संरचनाको कल्पना यसरी नै लुटिखान गरिएको थियो? यसलाई नागरिकको घरछेउको साथीजस्तो सरकार बनाउने रहर नगर्ने? नागरिकको सरोकारभन्दा परको सरकार कहिलेसम्म टिक्न सक्छ? घरछेउको सरकारको नारा यस्तो पाराले कहिलेसम्म बिक्न सक्छ? जनतालाई मूर्ख बनाएर कहिलेसम्म कागजी मन्त्रालयको झण्डा हल्लाएर हिड्न सकिन्छ?

मन्त्रालयको नामै जुराउन नसकेपछि विनाविभागीय मन्त्रीहरुको लस्कर लगाउने समाजवादी व्यवस्था ल्याउन खोजेर संघीयताको इज्जत बढ्ला? यी प्रश्नहरूबाट भाग्न अहिलेलाई सजिलो छ। मन्त्री बनिएको छ। मुख्यमन्त्री बनिएको छ। सत्ताधारी संयन्त्रको सदस्य बनिएको छ। तर, सधैँ यसरी फोरेर खान सकिँदैन। त्यो दिन यी प्रश्नहरूले समाजवादी, माओवादी, कांग्रेस, एमाले सबैलाई छोड्ने छैनन्।

बागमती, गण्डकी र लुम्बिनी प्रदेश संघीयता विकृतिका नमूना प्रदेश बनिरहेका छन्। यी प्रदेशमा सत्ता टिकाउन कुनै पनि हर्कत बाँकी राखिएको छैन। प्रदेश सरकार यस्तै ठगिखाने काममै ‘होलटाइमर’ बनेको छ। नागरिकको सरोकारभन्दा परको टापु बन्ने रहर गर्नु र हरेक दिन मन्त्रालय तोडफोडमा रमाउनु समाजवाद होइन। लोकतन्त्र, प्रजातन्त्र र अनेक तन्त्रमन्त्र जप्नेहरुले यसरी लोकलाज पचाएर अनुत्तरदायी राज्यमा रमाउनु शोभनीय होइन। मन्त्रालय तोडफोडको यो अनैतिक काम शीघ्र रोक्न सबै दलको ध्यान जाओस्।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कारोबारसँगै बढ्यो सेयर बजार बुधबार, पुस २, २०८२
शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’ बुधबार, पुस २, २०८२
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्