• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

झ्याल–झ्यालमा मन्त्रालय : शर्मनाक समाजवाद!

64x64
मिलन बगाले शुक्रबार, पुस ९, २०७८  २१:५४
1140x725

हेटौडा उपमहानगरपालिका, चौकीटोलमा रहेको श्रम कार्यालयको छ तले भवनले यतिबेला धेरैको ध्यान तानेको छ। सेतो रङको त्यो भवनको एउटा मोहडामा छ वटा बरण्डा देखिन्छन्। तीमध्ये पाँचवटा बरण्डामा मन्त्रालयको बोर्ड टाँसिएको छ भने एउटा खाली छ।

एउटै घरका बरण्डामा लस्करै श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक विकास पूर्वाधार मन्त्रालय तथा खानेपानी, उर्जा र सिंचाई मन्त्रालयका बोर्ड छन्। बाहिरको बरण्डाबाटै बुझिन्छ, भित्र कति अस्तव्यस्त छ। कोठा तथा फर्निचर व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सवारी साधन व्यवस्थापन, सुरक्षा, निजी सचिवालय कतिथोक जोहो गर्नुपर्छ एउटा मन्त्रालय परिपूर्ण बनाउन। मन्त्रालय फोरेपछि देशको खर्च असाध्यै बढ्छ। एउटै घरभित्र मन्त्री नै मन्त्रीको लस्कर भएपछि कर्मचारीले कसरी काम गर्ने? मन्त्री नै शाखा अधिकृतझैं ढोकाढोकामा नेमप्लेट टाँसेर बसेका होलान्।

मन्त्रालय बन्न नपाएर खाली बसेको एउटा बरण्डा उदासजस्तो देखिन्छ। बरण्डाको दुःख बुझेरै होला मुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले आज पनि मन्त्रालय थपिदिएका छन्। चौँथो पटक विस्तार भएको बाग्मती प्रदेश मन्त्रीमण्डलमा १४ मन्त्री र चार राज्यमन्त्री पुगेका छन्। अब त्यो बरण्डा पनि मन्त्रालय बन्न कसो नपाउला? त्यो बरण्डाले एक थान मन्त्री कसो नपाउला? समाजवादी मन्त्री नै चाहिन्छ भन्ने छैन। बरण्डालाई जस्तो मन्त्री भए पनि भयो।

मिलन बगाले

श्रम कार्यालयको रित्तो एक थान बरण्डालाई मन्त्रालय बनाएर खुशी राख्न सक्नु समाजवादी मुख्यमन्त्रीको सफलता नै ठहरिएला। तर, सेतो घरको बरण्डा र मन्त्री बन्न पाउने पात्रलाई खुशी राखेर नै सच्चा समाजवादी भइन्छ? एउटै घरमा छवटा मन्त्रालय बनाउनु र झ्याल–झ्यालमा झेली मन्त्रालय थापेर बस्नु संघीयताको मर्मभित्र नै पर्छ? समाजवादी पार्टीलाई यस्तो कर्मले शर्म लाग्छ कि लाग्दैन? झ्याल–झ्यालमा झेली मन्त्रालय थाप्नु समाजवाद हो कि शर्मनाक हो? राजेन्द्र पाण्डे र माधव नेपालहरुलाई यी प्रश्नहरुले सजिलै छोड्ने छैनन्।

सत्ताको आडमा लाज पचाउन सजिलो हुन्छ। कालो सिसाले धेरै कुरा छोप्छ। सुरक्षाकर्मीको घेराभित्र आम नागरिकका यस्ता प्रश्न सजिलै पस्न सक्दैनन्। तर, सत्ताको आयु छोटो हुन्छ। सत्ता सकिँदैमा प्रश्न सकिँदैनन्। सत्तामा बस्नकै लागि संघीयतालाई विकृत बनाउने र राज्यस्रोतको दोहन गर्ने यस्ता कर्म छोपिँदैनन्। झण्डा हल्लाएर हिँडेकै भरमा चुनाव जितिन्छ भन्ने ठूलो भ्रम समाजवादी, माओवादी, कांग्रेस र सबै सत्तावादीलाई परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालय तोडफोडको अनन्त श्रृंखलाको गतिछाडा स्वरूप बागमती प्रदेशको समाजवादी सरकारले देखाएको छ। मन्त्रालय फोड्न संघीय सरकार माहिर थियो नै, प्रदेश सरकारमा पनि यो रोग सलहझैं सल्केको छ। यो रोग संघीय प्रशासनिक पुनःसंरचना समितिले दिएको प्रतिवेदनको मर्म विपरीत छ। समितिले २०७४ सालमा दिएको प्रतिवेदनमा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग-पर्यटन-वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था-कृषि तथा सहकारी मन्त्रालय गरी जम्मा सात वटा मन्त्रालय बनाउन सिफारिस गरेको थियो। सुरुमा सबै प्रदेशमा यस्तै अभ्यास गरियो। कर्मचारीहरू पनि त्यसैअनुरूप हुने गरी खटाइए।  

एकढिक्का संघीय सरकार र बलियो प्रदेश सरकारको जग नेकपाको विवादसँगै हल्लिँदै गयो। सरकार गिराउने र टिकाउने खेलमा प्रदेश सरकारहरू एकपछि अर्को गरी नराम्ररी फस्दै गए। परिणाम हाम्रो सामु छ। हरेक दिन कुनै न कुनै प्रदेशमा मन्त्रालयको ‘तोडफोड’ भइरहको हुन्छ। हरेक दिनजसो कोही न कोही पात्र कतै न कतै मन्त्री बनिरहेको हुन्छ। सपथको नाममा ‘कुपथ’ खाइरहेको हुन्छ। देशलाई चाहिँदै नचाहिएको मन्त्रालयको मन्त्री बनेपछि केको सपथ खाइन्छ? हुँदै नभएको मन्त्रालयमा मन्त्री बन्न कोही पात्रले रहर गरेपछि आफ्नो सत्ता जोगाउन मुख्यमन्त्रीले झ्याम्म मन्त्रालय फोड्छन् र सपथको नाममा ‘कुपथ' को तयारी गर्छन्। कर्मचारीहरु गाडी र कोठा मिलाउन नसकेर असिनपसिन हुन्छन्। अनि एउटै घरका झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड थाप्न बाध्य हुन्छन्।

संघीयताको कुरुप अभ्यास चियाउने झ्याल बनेको छ हेटौडाको श्रम कार्यालय। खासमा त्यो कार्यालयमा संघीयताले चरम शरम मानिरहेको छ। त्यहाँ झन्डा हल्लाउन, गाडी कुदाउन र भित्तामा नाम टाँस्न खोलिएका बेकामे र बेरोजगार मन्त्रालय छन्। माधव नेपालले कस्तो समाजवाद भित्र्याएछन् यो देशमा? सत्ता जोगाउनकै लागि बाटोसमेत जाम हुने गरी मन्त्रीहरुको लाम लगाउँदा समाजवादी भईन्छ माधव कमरेड? तपाईंको लामो राजनीतिक जीवन र पार्टीभित्रको संघर्ष तथा विद्रोहको पटाक्षेप यही हो? दिनदिनै मन्त्रालय फोर्नुभन्दा मुख्यमन्त्री पद नै चाहिएन भन्न सके पो समाजवादी भइन्छ। पार्टी फोरेर नयाँ पार्टी खोल्नुको औचित्य यसरी पुष्टि हुने हो?

सत्ता जसरी पनि जोगाउनु छ भन्ने ‘समाजवादी अभियान’ले माधव नेपालको पार्टीलाई घिसारेर कहाँसम्म लैजाला? भाग नपुगेपछि र मन्त्री पदले मात्र सहयात्रीहरू नमानेपछि के–के मात्र बाड्ने? उपमुख्यमन्त्री पनि बनाउने? कतिजना बनाउने? प्रदेश मन्त्रालयहरूमा भएका शाखा अधिकृतभन्दा धेरै बनाउने कि अलि कम बनाउने? यस्तो पदलोलूपताले संघीयतालाई मात्र होइन, राजनीतिलाई नै दूषित बनाउँछ। भोलि प्रदेश सांसद थप्ने लहड पनि पलाउँछ। आफ्नो औचित्य नै पुष्टि गर्न नसकेको संघीय सरकार जनहितका कामतिर लाग्ने कि यसरी नै मन्त्रालय तोडफोडमा रमाइरहने?

संघीयता नेपालका राजनीतिक दलहरूका लागि विशुद्ध कार्यकर्ता व्यवस्थापन गर्ने निकाय मात्र बनेको आभाष हुन थालेको छ। एक कार्यकालमा अनन्त मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना बनेको छ। मन्त्री, सांसद र तिनका आसेपासेलाई मात्र मनपर्ने निकाय बन्न थालेको छ। नागरिकको चासो, चिन्ता र सरोकारभन्दा परको लुटिखाने टापुजस्तो बन्दैछ प्रदेश संरचना। प्रदेश संरचनाको कल्पना यसरी नै लुटिखान गरिएको थियो? यसलाई नागरिकको घरछेउको साथीजस्तो सरकार बनाउने रहर नगर्ने? नागरिकको सरोकारभन्दा परको सरकार कहिलेसम्म टिक्न सक्छ? घरछेउको सरकारको नारा यस्तो पाराले कहिलेसम्म बिक्न सक्छ? जनतालाई मूर्ख बनाएर कहिलेसम्म कागजी मन्त्रालयको झण्डा हल्लाएर हिड्न सकिन्छ?

मन्त्रालयको नामै जुराउन नसकेपछि विनाविभागीय मन्त्रीहरुको लस्कर लगाउने समाजवादी व्यवस्था ल्याउन खोजेर संघीयताको इज्जत बढ्ला? यी प्रश्नहरूबाट भाग्न अहिलेलाई सजिलो छ। मन्त्री बनिएको छ। मुख्यमन्त्री बनिएको छ। सत्ताधारी संयन्त्रको सदस्य बनिएको छ। तर, सधैँ यसरी फोरेर खान सकिँदैन। त्यो दिन यी प्रश्नहरूले समाजवादी, माओवादी, कांग्रेस, एमाले सबैलाई छोड्ने छैनन्।

बागमती, गण्डकी र लुम्बिनी प्रदेश संघीयता विकृतिका नमूना प्रदेश बनिरहेका छन्। यी प्रदेशमा सत्ता टिकाउन कुनै पनि हर्कत बाँकी राखिएको छैन। प्रदेश सरकार यस्तै ठगिखाने काममै ‘होलटाइमर’ बनेको छ। नागरिकको सरोकारभन्दा परको टापु बन्ने रहर गर्नु र हरेक दिन मन्त्रालय तोडफोडमा रमाउनु समाजवाद होइन। लोकतन्त्र, प्रजातन्त्र र अनेक तन्त्रमन्त्र जप्नेहरुले यसरी लोकलाज पचाएर अनुत्तरदायी राज्यमा रमाउनु शोभनीय होइन। मन्त्रालय तोडफोडको यो अनैतिक काम शीघ्र रोक्न सबै दलको ध्यान जाओस्।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्