काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाकाे निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन्।
शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन्।
एसएसपी यादवकाे शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएकाे थियाे।
गृहमन्त्री खाणले उनको मृत्युको कारण खाेज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन्। प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाकाे कारण नखुलेको र अनुसन्धान भइरहेकाे जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।