काठमाडौं– नेपालले एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो।
नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो। दोस्रो सेटमा २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२३ को जित निकाल्यो।
यसअघि नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।