फाइल तस्बिर। काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएका छन्।
राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार ५०० दरका पुरानै आकार तथा रंगमा, संकेत नम्बर छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्।
३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने राष्ट्र बैंकले जनाएको छ। नोटमा सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ परिवर्तन हुने कुबेरको चित्र रहेको बैंकले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।