काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध देवयानी राणा भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा परेकी छन्।
रेप्युटेशन टुडेले सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानी ४६औं स्थानमा परेकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवयानीलाई असार महिनामा कोकाकोलाले भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको थियो।
यस सूचीको शीर्ष स्थानमा रिलायन्ट इन्डस्ट्रिजका रोहित बंसलको नाम छ। यस्तै, दोस्रो स्थानमा मदन बहल र तेस्रो स्थानमा दिलीप चेरियन रहेका छन् भने चौथो र पाँचौं स्थानमा मिनारी शाह र दीपशिखा धर्मराज रहेका छन्।
मदन एडफ्याक्टर्स पीआरसँग सम्बन्धित छन् भने चेरियन फर्फेक्ट रिलेशन, मिनारी अमेजन भारत र दीपशिखा जेनेसिससँग सम्बन्धित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।