काठमाडौं- भारतीय टिमका स्पिनर रहेका हरभजन सिंहले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनले यसबारे ट्विटमार्फत जानकारी दिएका छन्।
केही दिन अघि पूर्व क्रिकेटर तथा पञ्जाव कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धूले ट्विटरमा हरभजनसँगको एक तस्बिर राख्दै लेखेका थिए, 'सम्भावनाले भरिएको तस्बिर।'
त्यस समय हरभजन राजनीतिमा आउन सक्ने अटकल काटिएको थियो। आगामी वर्ष पञ्जावमा विधान सभा चुनाव हुँदैछ।
३ जुलाई १९८० मा पञ्जाबको जालन्धरमा जन्मिएका हरभजन सिंहले भारतबाट १०३ टेस्ट म्याच र २३६ एक दिवसीय खेलेका छन्।
टेस्टमा उनले ४१७ र वानडेमा २६९ विकेट लिएका छन्। भारतका लागि उनले २८ टी-२० एक दिवसीय खेल पनि खेलेका छन् र २५ विकेट लिएका छन्। टेस्ट क्रिकेटमा दुई शतक उनको नाममा छ।
हरभजन २००७ मा टी २० विश्वकप टिम र २०११ को वनडे विश्वकप विजेता टिमका हिस्सा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।