काठमाडौं- होबार्ट हरिकेन्सले बिग बास लिगमा दोस्रो जित निकालेको छ। शुक्रबार सम्पन्न खेलमा होबार्टले मेलबर्न स्टार्सलाई २४ रनले पराजित गरेको हो।
जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।
मेलबर्न स्टार्सका जो क्लार्कले सर्वाधिक ५२ रन जोडे। उनलेे ४० बलमा २ चौका र ३ छक्का प्रहार गरे। हिल्टन कार्टराइट २६ रनमा आउट भए। जो बन्स्र २२, ओपनर मार्कस स्टोइनिस १८, कप्तान ग्लेन म्याक्सवेल १२ र आन्द्रे रसेल १२ रनमा आउट भए।
होबार्ट हरिकेन्सका राइली मेरिडेथ र थोमस रेजर्सले ३/३ विकेट लिए। नाथन एलिसले २ विकेट लिए। लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेपनि विकेट लिन सकेनन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। होबार्टका ओपनर बेन म्याकडेरमोटले सर्वाधिक ६७ रनको योगदान दिए। उनलेे ४३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
कप्तान म्याथ्यु वेडले ३९, डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे। मेलबर्न स्टार्सका आन्द्रे रसेलले ३ विकेट लिए। नाथन कुल्टर नाइलले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।