काठमाडौं- दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले पूर्व राष्ट्रपति पार्क गुन हेलाई माफी दिएका छन्। पूर्व राष्ट्रपति हे एक ठूलो भ्रष्टाचार प्रकरणमा २२ वर्षको जेल सजाय काटिरहेकी थिइन्।
६९ वर्षका पार्क गुन हेमाथि महाभियोग लगाइएको थियो। उनलाई सन् २०१८ मा सत्ताको दुरुपयोग र बलप्रयोगमा दोषी पाइएको थियो। उनी दक्षिण कोरियाको पहिलो लोकतान्त्रिक रूपमा चुनिएकी नेता थिइन् जसलाई जबर्जस्ती सत्ताबाट हटाइएको बीबीसीले जनाएको छ।
उनी २०१३ देखि २०१७ सम्म दक्षिण कोरियाकी राष्ट्रपति थिइन्।
पार्क काँध र ढाडको पुरानो रोगका कारण तीन पटक अस्पताल भर्ना भइसकेकी छिन्।
स्थानीय समाचार संस्थाका अनुसार नयाँ सालमा राष्ट्रपतिको विशेष शक्तिको आधारमा छुट पाउने व्यक्तिको सूचीमा स्वास्थ्य अवस्था खराब भएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।