काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो फेरि बस्ने भएको छ।
बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सम्मेलनमा पेस गर्न लागेको प्रस्ताव पेस गरेका थिए।
त्यसबारे थप छलफल गर्नका लागि आजै दिउँसो तीन बजे पुन बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
आज बिहान बसेको बैठकले दुई अजेन्डामा छलफल भएको प्रवक्ता महराले जानकारी दिए।
आज दिउँसो एक बजे दुइटा अन्य पार्टीहरू माओवादी केन्द्रसँग एकीकरण हुन लागेका छन्। नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपाको प्रभात चलाउनेसहितको टोली प्रवेश गर्ने कार्यक्रम रहेको छ।
माओवादी केन्द्रको पुस ११ देखि काठमाडौंको कमलादीमा राष्ट्रिय सम्मेलन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।