काठमाडौं- नेकपा एमालेका नेता भीम रावले जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्न दिइरहेको भन्दै आलोचना गरेका छन्।
रावलकै दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ, तर सरकारले विभिन्न कानुनहरु नाराबाजीकाबीच पास गर्दै आएको छ।
त्यसलाई लक्षित गर्दै नेता रावले होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन र महत्वपूर्ण विषय खुरूखुरू पारित गर्नदिने नीति र कार्यदेश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उल्लेख गरेका छन्। यस्तो क्रियाकलापले देश कमजोर हुँदै जाने उनको भनाइ छ।
'संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ' रावलले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।