काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यसबीचमा ३७४ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाको अमिक्रोन भेरियन्टका संक्रमित पनि बढिरहेका छन्। एक दिनमा भारतमा ३५८ जनामा ओमिक्रोन संक्रमण पाइएको छ।
यससँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार लाख ७९ हजार पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।