काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ।
सिराहाको गोलबजार-७ मा रजिस्टर्ड कार्यालय रहेको यस संस्थाको तीन लाख ३७ हजार २५ कित्ता अर्थात् तीन करोड ३७ लाख दुई हजार ५०० रुपैयाँ बराबर साधारण सेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
उक्त कार्यका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।