काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा स्थगित भएको छ। संघले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् साधारणसभा स्थगित भएको जानकारी दिएको हो।
संघको साधारणसभा यही पुस १४ र १५ गते धनगढीमा गर्ने तय गरिएको थियो। आगामी बोर्ड बैठकबाट साधारणसभाको नयाँ मिति तय गर्ने संघले जनाएको छ।
'नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरुमध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशनपश्चात मात्र केन्द्रीय साधारणसभा गर्नका लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँगसमेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' संघले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।