काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विहान साढे ९ देखि बैठक बसिरहेको हो। बैठकमा आसन्न राष्ट्रिय सम्मेलनमा पेस गरिने प्रतिवेदनबारे छलफल गर्ने कार्यक्रम छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले तयार गरेको प्रतिवेदनमा स्थायी समितिका सदस्यहरुले सुझाव दिने छन्।
उनीहरुको सुझावको आधारमा त्यसलाई अन्तिम रुपमा दिइने छ।बैठकमा राष्ट्रिय सम्मेलनसँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने एक नेताले बताए।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।