काठमाडौं- लक्ष्मी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले बैंकको चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ।
आव २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ। सो आवमा बैंकले एक अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।