काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सातवटै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्ने लक्ष्यसहित सुरु भएको अभियानले हालसम्म सातवटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिसकेको बैंकले जनाएको छ।
बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा आठ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ। उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ।
यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभियानको रुपमा चलाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।