काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै पुस १४ र १५ गते धनगढीमा गर्ने भनिएको साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो।
केहि जिल्ला संघले अधिवेशन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
'नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।