काठमाडौं– जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएकी छन्।
सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनुपर्ने उनले बताइन्।
बायरबोकले भनिन्, ‘हाम्रो नजरअगाडि अफगानिस्तान हाम्रो समयको सबैभन्दा भयावह मानवीय विपत्तितिर लम्किरहेको छ। अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ढलेका छन्, थुप्रै मानिसहरू भोकभोकै छन्। निराश भएका परिवारहरूले आफ्ना छोरीहरूलाई खाना किन्न बेचिरहेका छन् भन्ने कुराले कसको मन नछोला र ?’
यस हिउँदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उनले बताइन्।
जर्मनीले आफ्नो दुई दशक लामो सैन्य सहभागिताको अन्तमा भाग लिन सहमत भएका लगभग १५ हजार मानिसहरू अझै पनि उद्धारको प्रतीक्षामा अफगानिस्तानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।