काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिका संयोजक उत्तम कर्माचार्यले पदबाट राजीनामा दिएका छन्।
नेपाली क्रिकेट टोलीका पहिलो कप्तानसमेत रहेका उनले सचिव पदमा उठ्न राजीनामा दिएको क्यान स्रोतले बताएको छ।
क्यानले उनलाई गतवर्ष मंसिरमा छनोट समितिको संयोजक तोकेको थियो। गत असोजमा सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका थिए। प्याकुरेलको राजीनमासँगै क्यानले कार्यवाहक सचिवको जिम्मेवारी प्रशान्तविक्रम मल्ललाई दिएको छ।
क्यानको मंसिर १४ र १५ गते धनगढीमा हुने वार्षिक साधरण सभामा सचिव पदमा उत्तम र प्रशान्त चुनावमा उठ्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।