काठमाडौं– महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाएर भएपनि न्यायपालिकामा देखिएको समस्याको निकास निकालिनुपर्ने बताएका छन्।
महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै न्यायपालिकामा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाउन माग गरे।
महान्यायाधिवक्ताको कार्यालय स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खातीले सर्वोच्चमा देखिएको समस्याले जनतालाई न्याय पाउनै मुस्किल भइरहेको बताए।
'सर्वोच्चको समस्याले जनताले न्याय पाउने अधिकारबाटै बञ्चित हुनुपर्ने अवस्था आएको छ। यस्तो अवस्था धेरै समयसम्म रहनुहुँदैन,' प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै खातीले भने, 'प्रमुख प्रतिपक्षीसँग छलफल गरी संसदीय प्रक्रिया (महाअभियोग)बाट भएपनि निकास दिनुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।