अस्ट्रेलिया- अस्ट्रेलियाको न्यूसाउथवल्स राज्यको क्विनवेनमा बस्ने नेपालीहरुले 'नेपाली समाज क्विनवेन' गठन गरेका छन्।
यस क्षेत्रमा बस्ने नेपालीहरुलाई गोलबद्ध गर्दै नेपाल तथा अस्ट्रेलियामा मनाइने विभिन्न चाडपर्वहरुमा नेपाली समाज क्विनवेनले कार्यक्रम गर्ने छ। नेपाली यूवाहरुमाझ लोकप्रिय फुटबल, क्रिकेट जस्ता खेलहरुलाई क्लबको रुपमा ब्यवस्थित गरी संरक्षण एवम् सम्वर्धन गर्ने उद्देश्य रहेको नवगठित समाजका अध्यक्ष दिपक पाण्डेले बताए।
अस्ट्रेलियाको राजधानी क्यानवेरासँग जोडिएको क्विनवेनमा लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आइरहेको भए पनि यसअघि नेपालीहरु गोलबद्ध गर्ने कुनै पनि संघसंस्था क्रियाशिल थिएनन्। क्यानवेरामा सक्रिय नेपाली संस्थाहरुलेनै यहॉका नेपालीलाई गोलबद्ध गर्ने प्रयास गरेका थिए।
स्थायी बसोवासका लागि अस्ट्रेलियन सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिने नीति लिएसँगै अन्य मुलका जस्तै नेपालीहरुको चाप पनि बढ्दै गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।