फाइल तस्बिर काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको खेल आज (बिहीबार)देखि बंगलादेशमा सुरु हुँदैछ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोली सहभागी छन्।
नेपालको महिला टोलीले आज श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
यस्तै पुरुष टोलीले पनि आजै आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ।प्रतियोगितामा पुरुषतर्फ ४ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन्।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।