काठमाडौं– चेल्सी इंग्लिस फुटबल लिग (इएफएल) अर्थात् कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति चेल्सीले घरेलु टोली ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। चेल्सीको अन्तिम चारको यात्रामा एक गोल उपहार पाएको थियो भने जर्गिन्होले पेनाल्टीमा एक गोल गरेका थिए।
घरेलु टोलीलाई दवावमा राखे पनि गोलका लागि चेल्सीले संघर्ष गर्नुपरेको थियो। खेलको ८०औं मिनेटमा पोन्टस जान्ससनको आत्मघाती गोलमा चेल्सीले अग्रता लिएको थियो।
त्यसपछि खेलको ८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।