काठमाडौं– ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले एथ्लेटिको बिल्वाओलाई पराजित गरेको छ। फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियलले बिल्वाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
बिल्वाओका ओइहान सान्सेटले एक गोल फर्काए। सान मामेस वारिया बिल्वाओका बुधबार राति भएको खेलको चौथो मिनेटमा नै करिम बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले टोनी क्रुसको पासमा गोल गरेका हुन्। सातौ मिनेटमा बेन्जेमाले नै टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
खेलको १०औं मिनेटमा ओइहान सान्सेटले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले ओस्कार डि मार्काेसको पासमा गोल गरेका थिए। घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले थप गोल गर्न नसक्दा पहिलो हाफको नतिजा नै रियलको जितमा पर्याप्त बन्यो।
जितसँगै रियलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। रियलको १९ खेलबाट ४६ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ। सेभिाले एक खेल कम खेलेको छ। पराजित बिल्वाओ २४ अंकका साथ १०औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।