काठमाडौं– भारतलाई हराउँदै घरेलु टोली बंगलादेशले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जितेको छ।
बुधबार बंगलादेशले घरेलु मैदान ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भारतलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
बंगलादेशलाई दोस्रोपटक साफ उपाधि दिलाउन आनी बोगानीले गरेको गोल निर्णायक बन्यो। उनले ८० औं मिनेटमा गोल गरेकी थिइन्।
आइतबार सेमिफाइनल खेलमा श्रीलंकालाई १२ फराकिलो गोल अन्तरले हराउँदै बंगलादेशले फाइनलमा पुगेको थियो। आइतबार नै भएको पहिलो सेमिफाइनलमा नेपाललाई १–० गोल अन्तरले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।