काठमाडौं– ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंग बाँधेको आरोपमा पक्राउ परेकी होस्टल वार्डेनलाई ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
कास्की जिल्ला अदालतले वार्डेन २७ वर्षीया जानुका नेपालीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीका एसपी रमेश थापाले बताए।
राति ओछ्यानमै पिसाब गरेको भन्दै वार्डेन नेपालीले सिद्धि स्कुल नर्सरीमा पढ्ने ६ वर्षीय बालकको लिंग रबरले बाँधेकी थिइन्। रबरले लिंग बाँधेपछि लामो समयसम्म पिसाब फेर्न नपाएपछि ती बालक कक्षा कोठामै रोएका थिए। त्यसपछि घटना बाहिर आएको हो।
लामो समयसम्म पिसाब फेर्न नपाएपछि ती बालकको पेट समेत सुन्निएको पाइएको थियो। उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल समेत पठाइएको थियो।
यता पक्राउ परेकी महिलाले भने पिसाब फेरेर हैरान पारेपछि आवेगमा लिंग बाँधेको बताएकी छिन्। घटना बाहिर ल्याउन नदिन भन्दै होस्टल कर्मचारी र स्कुलबीच लिखित सहमति भएको भएको खुलेको छ। आइन्दा यस्तो गल्ती नदोहोर्याउने सर्तमा उक्त घटना सामसुम पार्न लागिएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।