काठमाडौं– स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले आज (बुधबार) राति एथलेटिक बिल्बाओसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार बुधबार बिहान २ः१५ बजे सानमामेस बिल्बाओमा हुनेछ। १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा रहेको रियल आफ्नो ८ सिनियर खेलाडीबिनै मैदान उत्रिन तयारीमा रहेको छ।
रियलका डेबिड अलबा र इस्कोसहित ८ खेलाडीलाई कोरोना संक्रमण भएको छ। रक्षक अलबा र मिडफिल्डर इस्को मंगलबार संक्रमित भएका हुन्।
यसअघि, लुका मोड्रिच, मार्को एसेन्सियो, रोड्रिगो, गारेथ बेल, मार्सेलो र दोस्रो रोजाइका गोलकिपर एन्ड्री लुनिन कोरोना संक्रमित भएका थिए ।
बुधबार राति लिगमा एथलेटिक बिल्बाओविरुद्ध हुने खेलमा संक्रमित कोही पनि उपलब्ध हुने छैनन्।
यता, एथलेटिक बिल्बाओमा पनि युनाई सिमोन र इनिगो मार्टिनेजसहित चार खेलाडी उपलब्ध हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।