काठमाडौं- सिरी 'ए' मा एसी मिलान शीर्षस्थानको इन्टर मिलानभन्दा ४ अंकले पछाडि रहेको छ। १८ खेलमा ३९ अंकसहित मिलान तेस्रो स्थानमा छ भने इन्टर मिलान ४३ अंकका साथ शीर्ष स्थानमा।
एसी मिलानलाई समान ३९ अंक जोडेको नेपोलीले गोल संख्याको आधारमा पछाडि पारेको छ। लिगका पछिल्लो सात खेलबाट मात्र आठ अंक जोडेको मिलानले बुधबार इम्पोलीविरुद्ध खेल्दै छ।
यो खेल जितेमा उसले दोस्रो स्थानमा रहेको नेपोलीलाई त पछि पार्ने नै छ भने शीर्षस्थानको इन्टरसँग पनि अंक दूरी १ मा घटाउने छ। त्यसैले यो खेलललाई महत्वपूर्ण खेलको रुपमा लिइएको छ।
तर, यो खेलमा भने एसी मिलान स्ट्राइकर ज्लाटान इब्राहिमोभिच र राफेल लियोविना मैदान उत्रिने भएको छ।
एसी मिलानका प्रशिक्षक स्टेफानो पियोलीका अनुसार घुँडाको चोटबाट गुज्रिरहेका इब्राहिमोभिच मैदान उत्रिने स्थितिमा छैन भने लसयो रोमासँगको खेलमा मात्रै मैदान उत्रिने छन्।
'घुँडाको चोटका कारण इब्राहिमोभिच पनि सो खेल गुमाउने छन्,'पियोेलीले भने,' राफेल लियो इन्टरविरुद्धको खेलमा हुने छैनन्। उनी रोमासँगको खेलमा फर्कनेछन्।'
४० वर्ष लागेका इब्राहिमोभिचले जारी सिजन क्बका लागि लिगमा सात गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।