काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नि माधवी पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गए राति स्वयम्भूबाट पक्राउ गरेका उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।