काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ। बार्सिलोनाले घरेलु टोली सेभियासँग १–१ गोलको बराबरी खेलेको हो।
घरेलु टोलीका एलेसान्द्रो गोमेजले गोल गर्दा बार्सिलोनाका रोनाल्ड एराउजोले बराबरी गोल फर्काए।
प्रतिस्पर्धात्मक खेलको ६४ औं मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो। तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। अन्ततः खेल बराबरीमा सकियो।
बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहँदा बार्सिलोना २८ अंक जोडेर सातौ स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।