काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई रवीन्द्र मिश्र पक्षले पार्टीबाट निष्कासन गरेको छ। केही दिनअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै मिश्र पक्षले मंगलबार पाण्डेलाई निष्कासन गरेको हो।
निष्कासनपछि पाण्डेले आफ्नो विचार र आफ्ना साथीहरु आफैंसँग भएको प्रतिक्रिया दिएका छन्। 'रवीन्द्र मिश्रले राजनीतिक रुपमा उठेका प्रश्नहरुलाई पार्टीभित्रै मिलाउनुको सट्टा कारबाहीको बाटो हिँड्नुभयो,' उनले भने, 'हामी निरन्तर रुपमा अगाडि बढ्छौं। बढाउँछौं।'
उनले आफूहरुको २०१ जनाको केन्द्रीय समिति पनि घोषणा भएको भन्दै त्यसैअनुसार अगाडि बढ्ने बताए। बेग्लै पार्टी बनाउने कुरा भने पछिको विषय भएको उनको भनाइ छ। 'तर छुट्टै रुपमा अगाडि बढ्छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।