काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्।
एमाले सांसदहरुको नाराबाजीकाबीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवाललाई यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिएका छन्।
सो क्रममा सांसद सुवालले प्रमुख प्रतिपक्षीकै अवरोधको बीच संसद बैठक सुचारु हुन नसक्ने भन्दै वार्ता गर्नुपर्ने धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।